Hamro Patra
संघले राख्यो तीन बुँदे माग

टीकापुर, भदौ २२

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिमका मुख्यमन्त्री कलमबहादुर शाहसँग तीन बुँदे माग राखेको छ ।

CMA Staff

संघको २४ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाहलाई संघका तर्फबाट अध्यक्ष चक्रपाणी सापकोटाले तीन बुँदे माग राखेका हुन् ।

संघले टीकापुरमा यातायात कार्यालयको सेवा केन्द्र स्थापना, खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा प्रयोगशालासहितको क्वारेन्टाइन र संघको अपूरो बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने माग राखेको हो ।

संघले स्थापनाकालदेखि नै यस क्षेत्रका विकास निर्माणका मुद्दाहरुमा आवाज उठाउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update