Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि रामबहादुर भण्डारीको प्यानल घोषणा

टीकापुर, भदौ २४
टीकापुर उद्योग वाणिज्य संघका महासचिव रामबहादुर भण्डारीको नेतृत्वमा प्यानल घोषणा भएको छ । काँग्रेस समर्थक ब्यापारीहरुले आज एक कार्यक्रमकाबीच प्यानल घोषणा गरेका हुन ।

भण्डारी नेतृत्वको प्यानलको उपाध्यक्षद्वयमा (वाणिज्य) तर्फ चक्रपाणी सापकोटा र (उद्योग) तर्फ जगतराज चौधरी रहेका छन । त्यस्तै महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेशराज रेग्मी र कोषाध्यक्षमा कमल चौधरीलाई अघि सारिएको छ ।

प्यानलको खुल्ला सदस्यतर्फ टेकबहादुर सोडारी, तपेन्द्र कुँवर, नवराज रिमाल, मानबहादुर ठकुल्ला, रामबहादुर साउँद, बिरेन्द्रबहादुर कुँवर, सन्तोष खड्का र हिक्मत रावल रहेका छन । तीनजना समावेशी सदस्यहरुमा महिलातर्फ शिला सापकोटा खनाल, जनजातितर्फ प्रेमलाल चौधरी र दलितर्फ दुर्गा शाहु रहेका छन ।

Khadga Memorial And Janajagriti

प्यानल घोषणा सभामा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्षका प्रत्यासी भण्डारीले ब्यापारी व्यवशायीको हकहितका साथै सामाजिक कार्यमा सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन । उनले टीकापुरको समग्र विकासका लागि सबैसँग हातोमालो गरेर अघि बढ्ने बताए ।

चारजना अध्यक्षका आकांक्षी मध्ये सापकोटाले भण्डारी नेतृत्वको प्यानलमा उपाध्यक्ष बस्न सहमति जनाए पछि प्यानल निर्माण सहज बनेको थियो ।

भण्डारी नेतृत्वको प्यानललाई संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल लगायत पूर्वअध्यक्षहरु भीमबहादुर रावल, सुरतबहादुर बिष्ट, राजकुमार हमाल, नवराज रावल, नरेशकुमार खत्री र निवर्तमान अध्यक्ष आनन्द हमालले समर्थन जनाएका छन ।

त्यस्तै यस प्यानललाई विभिन्न वस्तुतगत संघसंगठनहरुले समेत समर्थन जनाएको विज्ञप्तीमा उल्लेख छ । सुनचाँदी व्यवशायी संघ, टेलर व्यवशायी संघ, किराना व्यवशायी संघ, टीकापुर इलेक्ट्रो एशोसियसन, थान कपडा व्यवशायी संघ, मिल व्यवशायी संघ, ब्यूटिसियन एशोसियसन र टीकापुर गल्ला व्यवशायी संघले समर्थन जनाएका छन ।

नेकपा लगायतका दल समर्थक ब्यापारीहरुले हिजै पूर्वमहासचिव धु्रवराज खत्रीको नेतृत्वमा प्यानल घोषणा गरिसकेका छन । आगामी तीन वर्षे नेतृत्वका लागि दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने ब्यापारीहरुले आँकलन गरेका छन । ब्यापारीहरुले राजनीतिक आस्थाका आधारमा भन्दा पनि उम्मेदवारको व्यवहारिक पक्षले निर्वाचन परिणाम आउने बताउने गरेका छन ।

संघको आगामी नेतृत्वका लागि १ हजार २ जना मतदाताले मतदानमा भाग लिनेछन । असोज ४ गते निर्वाचन तय भएको छ । धनबहादुर शाहीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । संघको २० औं वार्षिक साधारण सभाको उद्घाटन समारोह भने  भोलि हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update