Hamro Patra
स्वस्तिक अस्पताल विरुद्ध उजुरीको तयारी

धनगढी, भदौ ११

पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि धनगढीस्थित स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो ।

CMA Staff

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच मृतकका आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् ।

मृतकका ज्वाइँ रमेश चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएकोले कारबाहीको लागि कानुनी प्रक्रियामा जाने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update