Hamro Patra
धुर्वराज खत्रीको प्यानल सार्वजनिक

टीकापुर, भदौ २३
टीकापुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि धु्रवराज खत्रीको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको छ । टीकापुरमा आज पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो ।

प्यानलको उपाध्यक्षद्वय (उद्योग) मा रामप्रसाद चौधरी र (वाणिज्य) मा कृष्णप्रसाद बजगाई रहेका छन । त्यस्तै प्यानलको महासचिवमा प्रेमबहादुर रावल, कोषाध्यक्षमा मोहनप्रसाद जैशी र सचिवमा टोप प्रकाश विक रहेका छन ।

Khadga Memorial And Janajagriti

सदस्यहरुमा भुपेन्द्र खड्का, यज्ञप्रसाद न्यौपाने, प्रकाश शाह, रविन्द्र बिष्ट, तपेन्द्र खत्री, जीवन गौचन, दिपेश तिमिल्सिना र मुकेश रावललाई अघि सारिएको छ । त्यस्तै सदस्य जनजातिमा किरण चौधरी, सदस्य दलितमा माया बागदास र सदस्य महिलामा गौरीकुमारी न्यौपाने रहेका छन ।

प्यानलले उद्योगी व्यवशायीहरुको संरक्षण, व्यवशायीहरुको विकास र ब्यापार तथा व्यवशाय क्षेत्रमा हुने विकृती र विसंगतीहरुको अन्त्य गर्ने नारा अघि सारेको छ । यो प्यानलको नेतृत्व नेकपा सम्वद्ध ब्यापारीले गरेका छन भने समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र विवेकशील साझा पार्टी सम्वद्ध ब्यापारी समेत समेटिएका छन । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update