Hamro Patra
समिक्षा कार्यक्रम सम्पन्न

टीकापुर, भाद्र ६

जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।दिगो विकास समाज, बाल कल्याण संंघ, यार्ड, वल्र्ड भिजन, नेपाली जुटौं र सामाजिक विकासका लागि सचेत समाज लगायतका संघसंस्थाले गरेका काम कर्तव्यको सयुक्त रुपमा वार्षिक समिक्षा कार्यक्रम गरेको हो ।

Khadga Memorial And Janajagriti

    दिगो विकास समाज भजनीद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना पन्च वर्षीय परियोजना रहेको परियोजना संयोजक सन्तराम चौधरीले बताउनुभयो । उनले परियोजनाले गरिबीको रेखा मुनि रहेका परिवारहरु, साना उत्पादक किसानहरु तथा उद्यमीहरु र वल्र्ड भिजन इन्टरनेसनल नेपालमा दर्ता भएका बालबालिका समेतका परिवारहरुलाई लक्षित गरेर परियोजना संचालन गरेको जानकारी दिएका छन । परियोजनाबाट २४ प्रदर्शनी प्लट स्थापाना तथा संचालन, एक सय ५० ओटा उत्पादन कृषक समुह निर्माण र सबलीकरण, ५ वटा कृषि एम्बुलेन्स सहयोग, तीन सय जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण सम्बन्धि तालिम लगायतका प्रगति गरेको जानकारी दिएका छन । उनले कृषि प्रदर्शनी प्लटबाट साप्ताहिक ५ देखि ८ कृषकहरुले नयाँ प्रविधिको बारेमा सिक्न पाउने जानकारी दिदै स्मार्ट कृषि प्रविधि सहयोगले उत्पादन तथा बजारीकरणमा १५ देखि २० प्रतिशत वृद्धि भएको बताए ।


कार्यक्रममा बाल कल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले परियोजनाको लक्ष्य बारे जानकारी दिदै परियोजनाले राष्ट्रिय, जिल्ला र स्थानीय तहमा औपचारिक र अनौपचारिक बाल संरक्षण प्रणाली र क्षमतालाई सुदृढ गर्ने, राष्ट्रिय, जिल्ला र स्थानीयमा बाल संरक्षणका मुद्दाहरुलाई सम्बोधन गर्ने, राष्ट्रिय र स्थानीय स्तरमा बाल संरक्षण सुनिश्चित गर्न नीति तथा रणनीति परिमार्जन गर्ने लगायतका परियोजनाको लक्ष्य रहेको बताए । उनले आर्थिक वर्ष २०२३ मा परियोजनाले सामाजिक विकास मन्त्रालयसँग सहकार्यमा प्रदेशको बालबालिका सम्बन्धि नियमावलीको निर्माण तथा अन्तिम मस्यौदा मन्त्रालयलाई हस्तान्तरण गरेको बताउँदै १४ वटा वडामा स्थानीय तहसंग सहकार्य गरि १४ वटा रुपान्तरण कक्षा संचालन गरि ३ सय ५० जना किशोर तथा किशोरीलाई जिवन उपयोगी तथा आत्मरक्षा सम्बन्धि कक्षा संचालन गरिएको बताएका छन् ।
त्यस्तै परियोजनाले स्थानीय तहमा बाल कोष स्थापनामा सहयोगी गरि टीकापुर, भजनी र गौरीगंगा नगरपालिका गरि ३ वटा पालिकामा कोषमा एक–एक लाख जम्मा गरेको कार्यक्रम व्यवस्थापक रेग्मीले बताए । उनले आगामी दिनमा स्थानीय तहसँग स्थानीय बाल अधिकार समितिको मासिक बैठकको निरन्तरता, स्थानीय तहको कार्यपालिकाको बैठकद्वारा उक्त स्थानीय तहलाई बाल मैत्री स्थानीय शासन अबलम्बन गर्ने निर्णय, घटना व्यवस्थापन तथा सिफारिस सबैलाई स्थानीय तहले अवलम्बन गरिदिन अनुरोध साथै अपेक्षा रहेको बताएका छन ।कार्यक्रममा सामाजिक विकासका लागि सचेत समाजका अनुगमन, मुल्यांकन, पारदर्शीता तथा सिकाई अधिकृत सञ्जय चौधरीले आफुहरुले काम गर्ने कार्यक्षेत्र तीन पालिकाको ९ वटा वडाहरु रहेको बताएका छन् । जसमा टीकापुर नगरपालिका अन्तर्गत ७, ८, ९, भजनी नगरपालिका अन्तर्गत ३, ५ , ७ र जानकी गाउँपालिका अन्तर्गत १, ४ र ९ रहेको बताएका छन् । उनले वडा स्तरीय विपद् व्यवस्थापन समिति तथा कार्यदल गठन गर्दा के कति आवश्यक पर्छ र डिपिआरपि अपडेट गर्ने लगायत कामहरु गर्दै आएको बताए ।


कार्यक्रममा यार्डका फिल्डर अफिसर पिताम्बर पौडेलले यार्ड संस्थाले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत काम गरिरहेको बताउँदै टीकापुर नगरपालिकाका ७ वटा विद्यालय र भजनी नगरपालिकाका ८ वटा विद्यालयमा काम गरिरहेको बताएका छन् । उनले परियोजना अन्तरगत नेपाल रिड्स परियोजना पनि जोडीएको बताउँदै त्यस परियोजनाबाट अतिसिमान्तकृत बालबालिकालाई सहयोग गर्ने उदेश्यले १५ वटा विद्यालयमा काम गरिरहेको बताए ।परियोजनाबाट करिव ८० प्रतिशत अभिभावकहरुको घरमा पढाई कुना स्थापना भएको पौडेलले बताए । उनले परियोजना संचालन गर्दा बालबालिकाहरुलाई घरमा छोडेर अभिभावकहरु रोजगारीको शिलशिलामा बाहिर जानु पर्ने बाध्यता रहेको बताउँदै त्यसको प्रत्येक्ष असर बालबालिकाको पढाईमा पर्ने बताए । साथै पढ्दा पढ्दै विवाह गर्ने र पढाई छोड्ने लगायतका चुनौतीहरु रहेको समेत बताएका छन् ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला सम्पर्क व्यक्ति तथा स्पोन्सरसिप फिल्ड संयोजक मंगल शाहले वल्र्ड भिजन संस्थाले राहत, विकास र पैरवी गरि विशेषगरी यी ३ क्षेत्रमा काम गर्ने बताए । उनले वल्र्ड भिजन संस्था ६ प्रदेशका १६ वटा जिल्लामा काम गरिरहेको समेत जानकारी दिएका छन् । वल्र्ड भिजन इन्टरनेशनल नेपालको राष्ट्रिय निति २०२१ (२०२५ मा करिब ८ लाख अति जोखिममा रहेका बालबालिकाहरुको जीवनस्तरमा सुधार गर्ने रहेको छ । वल्र्ड भिजनको राष्ट्रिय प्राथमिकतामा मानव पुजीगत क्षमता तथा अधिकतम उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकता, समृद्ध तथा स्वस्थ जीवनस्तर र सन्तुलित पर्यावरण, सुरक्षित, सभ्य समाज र सुशासन रहेको शाहले बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष खगराज भुसालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले गरेका थिए भने सञ्चालन मोनिका साउँदले गरेकी थिइन ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update