Hamro Patra
विश्व फोटोग्राफी दिवसमा वृक्षारोपण

टीकापुर, २ भाद्र

नेपाल फोटोग्राफर एशोसिएसन कैलाली उपशाखा टीकापुरले १८४ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा कर्णाली माध्यमिक विद्यालय टीकापुरमा आज वृक्षारोपण गरेको छ । उपशाखाले विद्यालय परिसरमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोपेको हो ।

Khadga Memorial And Janajagriti

सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलो पटक मान्यता दिएको दिनको सम्झनामा हरेक वर्ष विश्वभर फोटोग्राफी दिवस मनाउने गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा शुभकामना दिँदै टीकापुर नगरपालिका वडा नं. १ कार्यालयका अध्यक्ष मोहन वि.क. ले वृक्षारोपणले वातावरणीय संरक्षणमा टेवा पुग्ने बताए ।

विद्यालय जस्तो पवित्र स्थानमा वृक्षारोपण गरिनु महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

फोटोग्राफरको जिम्मेवारी फोटो खिच्ने मात्रै नभई सामाजिक परिवर्तनमा योगदान गर्नु पनि हो भन्दै एशोसियसन कैलालीका अध्यक्ष टोपप्रकाश वि.क.ले हरियाली फोटोसँग सम्बन्ध राख्दै जीवन जिवन्त राख्न पनि उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिए ।

त्यसैगरी दिवसको अवसरमा नेपाल फोटोग्राफर एशोसिएसन कैलालीका सात उपशाखाले समेत विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाएको एशोसिएसन कैलालीका महासचिव भरत भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update