टीकापुर, भदौ १
नेपाली सेनाले विद्यार्थीहरुका लागि दिने एनसीसी (राष्ट्रिय सेवा दल) को तालिम टीकापुर स्थित कर्णाली माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको छ । राष्ट्रिय सेवा दल सि.सम. १८ सिनियर डिभिजनको शय दिने तालिम आजदेखि शुरु भएको हो ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ४६ जना विद्यार्थीहरु सहभागी हुनेछन् । सहभागीहरुलाई नेपाली सेनाको नियमानुसार छनौट गरी सहभागी गराइएको विद्यालयका प्राधानाध्यापक धर्मराज शर्माले जानकारी दिए ।
तालिमको नेपाली सेनाका मेजर एकेन्द्र कडायतले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् ।
तालिममा विद्यार्थीहरुलाई विद्यालय समयपछि आत्मसुरक्षा, तेकवान्दो खेल, फाइरिङ्ग, साहासिक खेल, सामाजिक गतिविधिमा सहभागिता र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइनेछ ।
सहभागीहरुलाई २१ दिनसम्म नवलपुरको हात्तीखोरमा तालिम दिइनेछ भने बाँकी समय विद्यालयमा नै तालिम दिइनेछ । सहभागीलाई तालिम पोशाक, खाजा आदि नेपाली सेनाले नै व्यहोर्दै आएको छ ।