Hamro Patra
अमौरी जंगलमा यात्रुबाहक बस दुर्घटना, सात जना घाईते

टीकापुर, भदौ २२
लम्कीचुहा नगरपालिका–१ अमौरी जंगलमा आज टीकापुरबाट नेपालगञ्ज गैरहेको यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा ७ जना घाईते भएका छन ।

घाइते मध्ये सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको छ । घाईतेको अवस्थामा सामान्य रहेको बताईएको छ । बसमा १६ जना यात्रु रहेका थिए ।

Khadga Memorial And Janajagriti

भेरी बागेश्वरी यातायातको ना ४ ख ७९७६ नम्बरको यात्रुबाहक बस बिहान १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिएका छन ।

यात्रुबाहक बस लम्की–टीकापुर सडकखण्डको अमौरी जंगलमा सडकभन्दा तल खसेको छ । बसका चालक दुर्घटना पश्चात सम्पर्क विहिन रहेको प्रहरी निरिक्षक चन्दले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update