Hamro Patra
वीरेन्द्र विद्यामन्दिर क्याम्पसले पायो क्युएए

टीकापुर, साउन ३०

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको मापदण्ड पूरा गरेपछि क्याम्पसले आज क्युएए प्रमाणपत्र प्राप्त गरेको हो ।

Khadga Memorial And Janajagriti

आयोगले विशेष कार्यक्रमको आयोजना गर्दै क्याम्पससहित काठमाडौंस्थित कोटेश्वर बहुमुखी क्याम्पसलाई प्रमाणपत्र प्रदान गरेको हो । विश्व विद्यालय अनदान आयोगका अध्यक्ष देवराज अधिकारीले सो प्रमाणपत्र प्रदान गरेका हुन् ।

‘वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा खपतका लागि योग्य छन् भन्ने कुराको आधार तय गरेको हो’ क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले भने ‘यसका विभिन्न मापदण्डहरु पूरा गरेर आगामी पाँच वर्षका लागि हामीले प्रमाणपत्र पाएका छौं, हरेक वर्ष यसको अनुगमन हुन्छ, संस्थालाई अपडेट राख्नुपर्ने हुन्छ, हाम्रा लागि यो निकै खुशीको खबर हो ।’

क्युएए प्रमाणपत्र पाउने वीरेन्द्र विद्या मन्दिर टीकापुरका लागि दोश्रो क्याम्पस हो । यसअघि टीकापुर बहुमुखी क्याम्पसले पाएको थियो । हाल नेपाल भरिमा जम्मा ९४ क्याम्पसहरुले मात्रै विश्वविद्यालय अनुदान आयोगको क्युएए प्रमाणपत्र पाएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update