Hamro Patra
शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढी, साउन २९

सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन (बडी बिल्डिङ च्याम्पेयन) प्रतियोगिता हुने भएको छ । फारवेष्ट फिट्नेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेशमा शारीरिक सुगठनको खेलको जग बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगदसहित अन्य पुरस्कार प्रदान गरिने छ । ‘सहभागिताका लागि यहि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म फाराम खुल्ला रहने छ’ उनले भने-‘यो खेल खुल्ला पुरुष शारीरिक र शारीरिक सुगठन खुल्ला गरी दुई विधामा खेलाइने छ, खेलमा कुनै पनि उमेर समुहका व्यक्तिहरुले भाग लिने सक्नेछन् भने प्रदेशस्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सम्पूणर् खेलाडीले भाग लिन पाउने छन् ।’

उनका अनुसार खेलको पहिलो दिन व्यक्तिहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन सहभागीहरुको पूर्व निणर्य तथा अन्तिम निणर्य लिइने छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update