Hamro Patra
भजनीका बाढी प्रभावितलाई राहत वितरण

टीकापुर, साउन २९

लगातारको वर्षाबाट छ दिनअघि आएको बाढीबाट प्रभावित भएका भजनी नगरपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

बाढीबाट पूणर् रुपमा विस्थापित भएका भजनी नगरपालिका वडा नं. ३ पकडियापुरका ६२ घर परिवारलाई दीगो विकास समाज भजनी, बालकल्याण संघ टीकापुर, वल्र्ड भिजन इन्टरनेशनलले राहत वितरण गरेको हो ।

Khadga Memorial And Janajagriti

ती संस्थाहरुले बाढी पीडित परिवारलाई १ हजार ७ शय ५० किलो चामल, २ शय १० किलो दाल, ७० किलो नुन, १ शय ४० लिटर खानेतेल वितरण गरेको हो ।

दीगो विकास समाजका अध्यक्ष रामबहादुर सुनारले वडाध्यक्ष विक्रम चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण कार्यक्रममा भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट, बिपद शाखा प्रमुख विष्णु न्यौपाने, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सभापति रामनारायण चौधरी, कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट, वल्र्ड भिजन इन्टरनेसनल नेपालका स्पोन्सरशिप फिल्ड संयोजक मंगल शाह, बाल कल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापक सुगम रेग्मी, दिगो विकासका कार्यक्रम संयोजक सन्तराम चौधरी, अनुगमन तथा मुल्यांकन अधिकृत राजकुमार चौधरी, परियोजना अधिकृत बिनोद शाह लगायतको उपस्थिति रहेको थियो ।

बाढीबाट प्रभावितहरुलाई आपतकालीन राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको बालकल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापन सुगम रेग्मीले बताए ।

बाढीबाट प्रभावित भई बिस्थापित भएका ४४ जना बालबालिका तथा गर्भवती महिलालाईम समेत राहत वितरण गरिएको छ । उनीहरुलाई २ शय २५ किलो चामल, १८ किलो नुन, २७ किलो दाल र ९ लिटर खानेतेल सहयोग गरिएको वल्र्डभिजन इन्टरनेसनल नेपालका मंगल शाहले बताए ।

यता, टीकापुर नगरपालिका वडा नं. ६ र ७ का ६ घरधुरीलाई समेत राहत वितरण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update