Hamro Patra
डल्फिन क्षेत्रमा डल्फिन महोत्सव हुने

टीकापुर, भदौ १९
डल्फिनको प्रचारप्रसार गर्ने उद्देश्यले डल्फिन क्षेत्रमै डल्फिन महोत्सव २०७६ हुने भएको छ । टीकापुर नगरपालिका–७ ढुंगानाटोलमा आायेजना हुने तीन दिने डल्फिन महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यही भदौ २८ देखी ३० गतेसम्म आयोजना हुने महोत्सव अवधिमा डल्फिन अवलोकन, ¥याफ्टिङ, देउडा प्रतियोगता, स्थानीय संस्कृति झल्किने झाँकीका साथै विभिन्न स्थानीय खानाका परिकार उपलब्ध हुने बताईएको छ ।

Khadga Memorial And Janajagriti

महोत्सव आयोजक कैलाली होटल व्यवशायी संघले बिहिवार टीकापुरमा पत्रकार सम्मेलन गरी महोत्सव सम्पन्न गर्न विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी दिएको छ । संघले ७५ सदस्यीय मूल आयोजक समितिको संयोजकमा नरेन्द्रबहादुर शाही चयन भएको बताएको छ ।

आयोजकले महोत्सवस्थलमा निशुल्क प्रवेश र स्टल राख्न पाउने व्यवस्था गरेको जनाएको छ । करिव १० लाख रुपैयाँ खर्च लाग्ने महोत्सवको आर्थिक स्रोत सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारहरु रहेको बताईएको छ ।

महोत्सवस्थललाई टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको भूभागले छोएको छ । वर्षायामको करिव तीन महिना त्यहाँ रहेका मोहना, काँडा र पथरैया नदीमा स्तनधारी जलचर प्राणी डल्फिन सहजै देख्न सकिन्छ ।

महोत्सवको सहआयोजकमा डल्फिन संरक्षण केन्द्र र पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रहेका छन ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update