Hamro Patra
सुदूरपश्चिममा पर्यटनका तीन ईकाई खुल्ने

धनगढी, २२ चैत
सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ईकाइ खुल्ने भएका छन् । आफ्नो मातहतका संरचना नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको भन्दै प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालयले नयाँ संरचना निर्माण गरेको हो । मन्त्रालयले प्रदेशको पर्यटन क्षेत्रको बजेट दुर्त कार्यान्वयनको लागि प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन ईकाईको रुपमा संरचना निर्माण भएको हो ।

मन्त्रालयले पर्यटनका योजना कार्यान्वयन गर्न प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुराका लागी बैतडीमा ईकाइ राखेको छ । यस्तै डोटी, अछाम, बझाङ, बाजुराका लागि डोटी र कैलाली, कञ्चनपुरका लागि कैलालीमा पर्यटन विकास कार्यक्रम ईकाइहरु राख्ने तयारी थालेको छ ।

Khadga Memorial And Janajagriti

झण्डै ४ सय पर्यटनका योजनामा बजेट विनियोजन गरेको मन्त्रालयले योजना कार्यान्वयन गराउन प्रत्येक ईकाइमा २ जना सभ इन्जीयर राख्ने गरी ६ जना सव इन्जीनियर र २ जना सिभिल इन्जीनियरको दरबन्दी कायम गरी करारमा नियुक्त समेत गरिसकेको छ ।

गत पौष २६ गते मन्त्रीपरिषदले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन कार्यविधि समेत अनुमोदन गरेको थियो । योजना पारदर्शी तथा दुर्त रुपमा कार्यान्वयन गर्न मन्त्रालयले योजना भएको स्थलममै सम्झौता गर्ने गरी मिशनको रुपमा काम गरिरहेको पर्यटन शाखाका योजना अधिकृत भोजराज पाठकले जानकारी दिए ।

योजनाको प्राविधिक लागत स्टीमेट, कार्यान्वयन र अनुगमन गर्ने गरी तिन वटा फिल्ड कार्यालयको काम नियुक्त भएका प्राविधिकहरुले गर्नेछन् । मन्त्रालयको २३ करोड ८२ लाख र संघिय सरकारको ४ करोड ५१ लाख शसर्त अनुदान गरी २८ करोड ३३ लाख रकम पर्यटनको क्षेत्रमा विनियोजन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update