Hamro Patra
टीकापुर-खक्रौला सडकमा भ्वाङ, दुर्घटनाको खतरा

टीकापुर, साउन २५

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित टीकापुर-खक्रौला सडक खण्डमा भ्वाङ परेपछि दुर्घटनाको खतरा बढेको छ । निर्माणधीन उक्त सडकखण्डको बसपार्कदेखि दक्षिणी बनगाउँ दक्षिणपुरुवा जाने सडकमै ठूलो भ्वाङ परेको हो ।

Khadga Memorial And Janajagriti

टीकापुरबाट दक्षिणतर्फ जाने सवारी साधन र यात्रुहरुका लागि उक्त भ्वाङले दुर्घटना निम्त्याउने देखिएको छ । दैनिक जसो सो खण्ड भएर सयौं गाडीहरु आवतजावत गर्दछन् ।

‘तीन दिनदेखि परेको वर्षाका कारण निर्माणाधीन सडकमा ठूलो भ्वाङ परेको हो’ स्थानीय दीपेन्द्र शर्माले भने ‘पक्की सडककै छेउमा भ्वाङ परेपछि दुर्घटनाको खतरा बढेको छ ।’

लम्की-टीकापुर-खक्रौला सडक खण्डको पथरैयादेखि अस्नेहरीसम्मको बाटो एपेक्स कृष्ण खड्का जेभीले निर्माण गर्दै आइरहेको छ । पथरैयादेखि लम्कीसम्म सडक कालोपत्रे भए पनि त्यसयताको बाटो जोमिखपूणर् रहेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update