Hamro Patra
लागुऔषधमा निर्मम बन्दै सुदूरपश्चिम प्रहरी

टीकापुर, साउन २५

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रहरी लागुऔषध, चोरी तस्करी, गुण्डागर्दी, फरार अपराधी प्रति निर्मम तरिकाले प्रस्तुत भइरहेको बताएका छन् ।

सुदूरपश्चिमको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त राख्न निर्मम तरिकाले लाग्नुपर्ने बताएका हुन् । सबै नागरिकले प्रहरीबाट प्राप्त गर्नुपर्ने सेवा छिटो, छरितो रुपमा पाउनुपर्ने बताउँदै डिआइजी बोहराले त्यसका लागि सुदूरपश्चिमका सबै प्रहरी कार्यालय र इकाईलाई निर्देशन दिइएको बताए ।

CMA Staff

‘सुदूरपश्चिममा लागुऔषध, चोरी तस्करी, गुण्डागर्दी र फरार अपराधीलाई नियन्त्रणमा लिन हामी निर्मम रुपमा प्रस्तुत भइरहेका छौं’ डिआइजी बोहराले भने ‘प्रहरी संगठनभित्रका योग्य र विज्ञ टोली नै गठन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डिआइजी बोहराले जिम्मेवारी लिएको झण्डै ५ महिनामा अपराध नियन्त्रण हुँदै गएको छ । प्रहरीले दिएको तथ्याङ्क अनुसार गत चार महिनामा मात्रै लागुऔषधका २ शय १६ मुद्दा दर्ता गरी ३ शय ६५ जना कारवाही गरिएको छ । त्यस्तै १ शय २५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २ करोड ३४ लाख ३२ हजार ९८ बराबरको चोरी तस्करी हुँदै आइरहेको सामान नियन्त्रणमा लिइएको प्रदेश प्रहरीले जनाएको छ ।

जनताको जीउधन सुरक्षा र प्रहरी मेरो साथी अभियान सञ्चालनका लागि डिआइजी बोहरा आफै धनगढीका विभिन्न विद्यालयमा गएर सचेतना फैलाई रहेका छन् ।

‘विद्यालय स्तरबाटै ट्राफिक ज्ञान, लागुुऔषध सम्बन्धी जनचेतना दिनका लागि विद्यालयमा फोकस गरेका छौं’ डिआइजी बोहराले भने ‘जुवातास नियन्त्रण, विभिन्न अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने काम भइरहेकाले जबर्जस्ती करणी, घरेलुु हिंसा, सवारी दुर्घट्नाहरुमा समेत कमी आएको देखिन्छ ।’

लागुऔषध, चोरी तस्करी, गुण्डागर्दी नियन्त्रणका लागि डिआइजी बोहराले आरआइटी टोली गठन गरेका छन् । आरआइटी टोलीले लागुुऔषध र भन्सार छली, चोरी तस्करी नियन्त्रणमा विशेष निगरानी बढाएको बताइन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update