टीकापुर, साउन २१
साउन १९ गते हाम्रो पत्रमा प्रकाशित ‘किशोरमाथि मुख्य बजारमै छुरी प्रहार...’ शीर्षकको समाचारप्रति टीकापुर नगरपालिका वडा नं. १ का निशान खड्काले आपत्ती जनाएका छन् ।
सामान्य बोलचाल र हात हालाहाल भएको विषयलाई छुरी प्रहार भएको भन्दै समाचार प्रकाशित भएको भनी खड्काले आपत्ती जनाएका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी तुलसीराम अर्यालको भनाई कोट गर्दै हाम्रो पत्रले उक्त समाचार प्रकाशित गरेको थियो ।
खड्काले समाचारमा भनिएजस्तो घटना नभएको पीडित भनिएका महेश परियार र आफूबिच सामान्य हात हालाहाल मात्रै भएको र पीडित र आफूबीच सहमति भइसकेको जनाउँदै प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
* प्रहरी, पीडित भनिएका परियार, उनका आफन्त तथा खड्काका आफन्तका अनुसार समाचारमा अन्यथा हुन गएकोले सच्चाइएको छ ।
–सम्पादक