Hamro Patra
टीकापुरको सीमानाका विस्तार हुनुपर्छः मन्त्री देउवा

टीकापुर, साउन २०

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले भारतीय सीमा नाकाको विस्तारका लागि टीकापुर निकै सम्भावना रहेको क्षेत्र भएको बताएका छन् ।

टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाको ७ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्री देउवाले सो कुरा बताएका हुन् ।

CMA Staff

‘भारतीय सीमा नाकाको विस्तारका लागि टीकापुर निकै सम्भावना रहेको क्षेत्र हो, यसका लागि मेरो ठाउँबाट सम्बन्धित निकायमा विशेष पहल गर्नेछु’ मन्त्री देउवाले भने ‘यो नाकाको स्तरोन्नतिका लागि सबै क्षेत्रको सहयोग, सहकार्य आवश्यक छ ।’

मन्त्री देउवाले चुनाव जित्न गठबन्धन गर्ने परम्परा बनिरहेका बेला सुदूरपश्चिमको विकासका लागि सबै दलले गठबन्धन निर्माण गर्नुपर्ने बताए । ‘विकास निर्माणका सवालमा पनि हामीले सबै दल एक भएर लाग्नु आवश्यक छ’ मन्त्री देउवाले भने ‘यस वर्ष कैलालीबाट मात्रै मुख्यमन्त्रीसहित ५ जना मन्त्रीहरु छौं, यो अवसर र चुनौति दुबै हो । पाँच मन्त्री हुँदा पनि विकास निर्माण नभए जनताको निराशा बढ्नेछ, त्यसकारण हाम्रा लागि अवसर र चुनौति दुबै छ ।’

कार्यक्रममा बोल्दै मन्त्री देउवाले खानेपानी संविधानले दिएको मौलिक हक भएकाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने बताए ।
‘सुदूरपश्चिम प्रदेशको नीतिमा एक घरः एक धारा’ को उद्देश्य रहेको छ, विपन्न तथा गरीब परिवारले समेत स्वच्छ खानेपानीका आवश्यक पहल हुनुपर्दछ’ मन्त्री देउवाले भने ‘स्वच्छ खानेपानीको व्यवस्थाका लागि तीनै तहका सरकारहरुले खानेपानी आयोजनासँग सहकार्य गर्नुपर्दछ ।’

तराई र पहाडी क्षेत्रमा खानेपानीका श्रोतहरु सुक्दै गइरहेकाले मुहान क्षेत्र संरक्षण गर्नका लागि समेत सुदूरपश्चिम प्रदेश गम्भीर रुपमा लागिरहेको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले टीकापुर क्षेत्रले टीकापुर अस्पतालको स्तरोन्नतिसहित विकास, सिकलसेलको उपचार, डाइलासिस सेवा सुचारु जस्ता महत्वपूणर् मुद्दाहरु सम्बोधन हुनुपर्ने बताइन् ।

‘यसै वर्षदेखि टीकापुर अस्पतालमा सिकलसेलको उपचार र डायलासिस शुरु हुने विस्वास छ’ प्रदेश सभा सदस्य सुनारले भनिन् ‘यो वर्षको प्रदेशको बजेट टीकापुर क्षेत्रलाई सम्बोधन गर्न नसकेकोमा यस क्षेत्र नागरिक दुःखी छन् ।’

संस्थाका अध्यक्ष नरेशकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वराज्य मन्त्री चन्द्रसिंह भट्टराई, पूर्व प्रदेश सभा सदस्य उमा वादी, टीकापुर नगरपालिका उपमेयर खडकबहादुर शाह लगायतले बोलेको थिए । कार्यक्रमको सञ्चालन सचिव मनिष बलायरले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update