Hamro Patra
सुदूरपश्चिममा सरकारमा सहभागी होला त उन्मुक्ति ?

टीकापुर, साउन १६

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

CMA Staff

बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषि राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने बताए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने जानकारी दिए ।

यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।

यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update