Hamro Patra
मेलमिलापकर्तालाई आधारभूत तालिम

टीकापुर, भदौ १८
टीकापुर नगरपालिका न्यायिक समितिको आयोजनामा बुधवारदेखी आठदिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ ।

‘हाम्रो समस्या, हाम्रै समाधान मेलमिलाप’ भन्ने नाराका साथ सुरु भएको तालिममा नगरपालिका अन्र्तगतका ५७ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

Khadga Memorial And Janajagriti

मेयर तपेन्द्रबहादुर रावलले तालिमको एक समारोहकाबीच उद्घाटन गरेका छन । उद्घाटनमा समारोहमा बोल्दै मेयर रावलले मेलमिलापको क्षेत्रमा देशकै नमूना नगरपालिका बनाउने बताए । उनले त्यसका लागि मेलकिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले कानूनका बारेमा सबै नागरिक जानकार हुनुपर्ने बताउँदै कानूनको अनभिज्ञताले कुनैपनि नागरिकको अपराध क्षम्य नहुने बताए ।

न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर केशरी रावल बिष्टले समाजमा फाटेका मनलाई सियो र धागो बनेर जोड्ने जिम्मेवारी मेलमिलापकर्ताको काँधमा आएको बताईन । उनले मेलमिलापले दुवै पक्ष जित्ने नीति अघि सारेको बताईन ।

वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले स्वागत गरेको कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्ट लगायतले बोलेका थिए ।

टीकापुर नगरपालिका न्यायिक समितिले आयोजना गरेको कार्यक्रमको सहजीकरण प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल र सहयोग द एशीया फाउण्डेशनले गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update