Hamro Patra
केराको थामबाट नेपाली कागज उत्पादन

टीकापुर, भदौ १४
टीकापुर नगरपालिका–६ बाघमाराका महिलाहरुले केराको थामबाट नेपाली कागज उत्पादन थालेका छन । द्दन्द्द प्रभावित महिला एकता सञ्जालमा आवद्ध १० जना महिलाहरुले कागज उत्पादन थालेका हुन ।

उनीहरुले शनिवार केराको थामबाट नेपाली कागज उत्पादन र बजारिकण विषयक १ दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन । महिलाहरुले उत्पादन गरेको कागज देखेपछि आफू निकै उत्साहित भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले बताए । उनले केराको थामबाट निर्मित कागजको बजारिकरणमा आफू प्रतिवद्ध भएको बताए ।

Khadga Memorial And Janajagriti

महिला सञ्जालकी सचिव दुर्गाकुमारी चौधरीले बजारको अभाव हुन सक्ने भन्दै बजारका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताईन । उनले खेर गएको केराको थामबाट नेपाली कागज उत्पादन गरेर आत्मनिर्भर बन्ने अभियानमा रहेको बताईन ।

महिलाहरुले टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा गतवर्ष नेपाली कागज उत्पादनका बारेमा सिप सिकेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update