कैदीबन्दीको कारागारमा मृत्यु
टीकापुर, साउन ८
कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।
चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका वडा नं. ५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्