टीकापुर, साउन ७
कैलालीको टीकापुर नगरपालिका वडा नं.१स्थित कर्णाली नमूना माध्यमिक विद्यालय अब्बल प्राविधिक विद्यालयको रुपमा स्थापित हुँदै आएको छ ।
कक्षा ९ देखि १२ कक्षासम्म प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरिङ, सिटिइभीटी अन्र्तगत तीन वर्षे तथा १८ महिने कृषि बाली विज्ञान संकाय र विज्ञान विषयका कक्षाहरु सञ्चालित विद्यालय अब्बल प्राविधिक विद्यालयका रुपमा स्थापित हुँदै आएको हो ।
शैक्षिक नगरीका रुपमा चिनिएको टीकापुरकै पहिलो प्राविधिक धारतर्फको कक्षा सञ्चालन गर्ने विद्यालय रहेको कर्णालीको अब्बल नजिताका कारण विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ । ०७४ सालदेखि अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि हाल विद्यालयमा निजी बोर्डिङ्ग स्कुल छोडेर आउने विद्यार्थीहरु बढ्दै गएका छन् ।
विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार २ हजार ३ शय विद्यार्थी अध्ययनरत रहेको कर्णाली यस क्षेत्रकै एकमात्र संघीय नमूना कार्यक्रममा छनौट भएको विद्यालय हो । २०४५ सालमा स्थापना भएको विद्यालयले शैक्षिक विकासमा आमसमुदायको सहज पहँुच बनाउन, रुचि अनुरूपका प्राविधिक विषयमा ज्ञान हाँसिल गर्न, प्रतिस्पर्धी वातावरण सृजना गरी सामुदायिक विद्यालयप्रतिको बुझाई परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार, उचित शैक्षिक सामग्री, समयानुकुल प्रविधिको प्रयोग र नयाँ नयाँ अभ्यासबाट गराइने अध्यापनले विद्यार्थीको रोजाईमा परेको प्रधानाध्यापक शर्मा बताउँछन् ।
‘हामी कहाँ विज्ञान विषयका लागि बायलोजी, केमेष्ट्री, फिजिक्सका फरक फरक ल्याब छन्, कम्प्युटर ल्याब, पुस्तकालय पर्याप्त छ’ शर्माले भने ‘विद्यार्थीलाई सहज पठनपाठनका लागि डिजिटल बोर्डहरुको प्रयोग गरिरहेका छौं, जसले गर्दा विद्यार्थीको रोजाईमा पर्न सफल भइरहेको छ ।’
टीकापुर क्षेत्रका निम्न तथा मध्यम वर्गीय अभिभावकहरूको अंग्रेजी माध्यममा आफ्ना बालबालिकाहरू सस्तो, सुलभ र निःशुल्क पठनपाठन गराउने चाहना पूरा गर्न विद्यालय सफल छ । यस विद्यालयमा हाल कक्षा नर्सरीदेखि कक्षा १० सम्म पूर्णतया अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पढाई हुने गरेको छ ।
विद्यालयले युवापुस्तामा बढ्दै गइरहेको विज्ञान र प्रविधिप्रतिको चासोलाई ध्यानमा राख्दै सुलभ शुल्कमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
विद्यार्थीको उपलब्धीः
हाल यो विद्यालयबाट इञ्जिनियरिङ्ग अध्ययन गरेका हेमराज कठायत हाल पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् भने केही विद्यार्थीहरु इञ्जिनियरिङ्गको स्नातक तहमा विभिन्न विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा अध्ययन गरिरहेका छन् । त्यस्तै कृषि बाली विज्ञानतर्फ कुल २० जना परीक्षा दिएका विद्यार्थी मध्ये १६ जना उत्तीर्ण भएका छन् । दुई वर्षअघि विज्ञान संकाय अध्यापन शुरु भएको विद्यालयका विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छैन । असल र दक्ष जनशक्ति उत्पादन हुनुले पनि विद्यालय विद्यार्थीको रोजाईमा पर्दै आएको हो ।
अध्यापन हुने विषयः
विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरिङ, सिटिइभीटी अन्र्तगत तीन वर्षे तथा १८ महिने कृषि बाली विज्ञान र विज्ञान संकायका विषयहरु अध्यापन हुने गरेका छन् ।
विद्यालयमा उपलब्ध सुविधाः
– सुविधा सम्पन्न कक्षाकोठा,
– स्मार्टबोर्ड, प्रोजेक्टरसहित आधुनिक प्रविधिको प्रयोग,
– दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
– भौतिक, रसायन, जीव विज्ञान तथा कम्प्युटर ल्याबको व्यवस्था,
– सुविधा सम्पन्न पुस्तकालय,
– नियमित अतिरिक्त क्रियाकलाप गराइने,
– एकाई तथा मासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार,
– वाइफाई तथा इन्टरनेट,
– विषयगत स्थलगत भम्रण,
– फिल्टरसहितको तातो, चिसो स्वच्छ खानेपानी,
– पर्याप्त खेलकुद सामग्री तथा खेलमैदान,
– कक्षाकोठा तथा बाह्य निगरानीका लागि सिसि क्यामेरा ।
शुल्क
– कक्षा ११ मा विज्ञान संकायका लागि भर्नासहित वार्षिक शुल्क एकमुष्ट २५०००/– रुपैयाँ मात्र
छात्रवृत्तिको अवसरः
– SEE मा 3.60 GPA भन्दा बढी ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा सतप्रतिशत छुट ।
– SEE मा 3.20-3.60 GPA सम्म ल्याउने विद्यार्थीहरूलाई मासिक शुल्कमा ५० प्रतिशत छुट ।
– प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई मासिक शुल्कमा सतप्रतिशत छुट ।
सम्पर्क ठेगानाः
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ११
फोन नंं. ०९१–५६१४११ मोबाइल नं. ९८५८४२४१६७