धौलिगंगा बाँध खोलियो
टीकापुर, साउन ६
भारतको धौलिगंगा बाँध पुनः खोलिएको र महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले सुझाव दिएको छ ।
बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएको सतर्कता अपनाउन बैतडी प्रशासनले आग्रह गरेको हो ।
भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको हो ।
सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए ।
यसअघि गत असार २६ गते परियोजनाको बाँध खोलिएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ११:०७
प्रतिक्रिया दिनुहोस्