टीकापुर, साउन २
राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको लम्की नहर खण्डमा डुबेर एक युवकको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ६ तिल्काका १७ वर्षीय योगेश चलाउनेको नहरमा डुबेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय मोतिपुरले दिएको जानकारी अनुसार स्थानीय १० वर्षीय गणेश चलाउने नहरमा नुहाउँदै गर्दा डुबेपछि उनलाई उद्दार गर्न गएका योगेशको नहरमै डुबेर ज्यान गएको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले आज दिउँसो झण्डै ४ बजेको समयमा गणेशलाई बचाउन गएका योगेशको नहरमै डुबेर ज्यान गएको बताए ।
प्रायः पानीको हाहाकार हुने सो क्षेत्रमा कणर्ाली नदीको पानी आयोजनामार्फत् जान थालेपछि स्थानीयहरु नहरमा नुहाउँदै आएका थिए । प्रहरी निरीक्षक खड्काले आफ्ना नानीबाबुलाई नहरमा नुहाउन नदिन अभिभावकहरुलाई आग्रह गरेका छन् ।