टीकापुर, असार ३१
कैलालीको टीकापुर नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० को अवधिमा ४ शय २४ घर परिवार अन्यत्रबाट टीकापुर बसाई सरी आएका छन् । ती परिवारसँगै टीकापुरमा १ हजार ३ शय १६ जना बसाई सरी आएका हुन् ।
नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख चेतबहादुर बोहराका अनुसार नगरपालिकाका ९ वटै वडा मध्ये सबैभन्दा बढी अर्थात् ३ शय २८ परिवार बसाई सरी आएका हुन् ।
वडा नं. २ मा २५, वडा नं. ३ मा ९, वडा नं. ४ मा ७ परिवार बसाई सरी आएका हुन् । त्यस्तै वडा नं. ५ मा १४, वडा नं. ६ मा ८, वडा नं. ७ मा २१, वडा नं. ८ र ९ मा ६/६ परिवार बसाई सरी आएका हुन् ।
टीकापुर नगरपालिकाबाट अन्यत्र बसाई सरी जाने परिवारको संख्या २ शय ४९ रहेको छ । ९ वटै वडाबाट ती परिवारका ७ शय ३२ जना बसाई सरी अन्यत्र गएका हुन् ।
बोहराले नगर क्षेत्रभित्र एक आर्थिक वर्षमा १ हजार १ शय ५५ पुरुष तथा १ हजार ८१ महिला गरी २ हजार २ शय ३६ बालबालिकाको जन्म दर्ता गरिएको बताए ।
त्यस्तै ३ शय ४९ पुरुष र २ शय ६५ महिला गरी ६ शय १४ जनाको मृत्यु दर्ता गरिएको छ । नगर क्षेत्रमा ४३ सम्बन्ध विच्छेदका घटना दर्ता गरिएका छन् भने १ हजार २३ विवाह दर्ता गरिएको छ ।