काठमाडौँ । अष्ट्रेलियामा पढ्न जाने योजना बनाएका विद्यार्थीलाई लक्षित गरी एई ग्लोबल कन्सल्टेन्सीले एक कार्याक्रमको आयोजना गरेको छ ।
कन्सल्टेन्सीले आज असार ३१ गते अर्थात जुलाई १६ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुने कन्सल्टेन्सीका प्रमुख सम्राट विक्रम शाहले जानकारी दिए ।
आज आइतबार एई ग्लोबलकै कार्यालयमा अष्ट्रेलिया जाने विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेका हौँ, विद्यार्थीहरूले अष्ट्रेलियाको पढाइ, पढाइपछिको अवस्थाबारे जानकारी लिन सक्नु हुनेछ,’ उनले भने, ‘यसका लागि अष्ट्रेलियाकै विश्वविद्यालयहरूका प्रतिनिधि आउनु हुनेछ ।’
यस अवसरमा विद्यार्थीहरूले आफ्नो पढाइको क्षमताअनुसार भारी मात्रामा छात्रावृत्ति पाउन सक्ने छन् । उनले भने, ‘हामीले यस अवसरमा विद्यार्थीहरूका लागि ३०-५० प्रतिशतसम्मको छात्रावृत्ति मिलाउने व्यवस्था गरेका छौँ ।’
कार्यक्रम पुतली सडकस्थित एई कन्सल्टेन्सीकै कार्यालयमा हुनेछ ।