Hamro Patra
सुदूरपश्चिममा नुनको चरम अभावः महंगोमा बेच्दै ब्यापारी

योगेश रावल
टीकापुर, भदौ ११
सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव भएको बताईएको छ ।

कतिपय ग्रामीण क्षेत्रमा ब्यापारीहरुले महंगोमा नुन बेच्न थालेको स्थानीयले गुनासो गरेका छन । नुन अभावको बहानामा ब्यापारीहरुले ग्राहकलाई ठग्न थालेका छन । खरिद मूल्य नै महंगो पर्न थालेपछि महंगोमा नुन बेच्नु परेको ब्यापारीहरुको भनाई छ ।

टीकापुरस्थित देवकोटा जनरल स्टोर्सका सञ्चालक नमराज देवकोटाले यसअघि ९६० रुपैया बोरा पाइने नुन अहिले एक हजार पर्न थालेको बताए । उनले डिलरबाटै महंगोमा नुन बिक्री भैरहेको बताए ।

Khadga Memorial And Janajagriti

धनगढीस्थित साल्ट टे«डिङ कर्पोरेसनको गोदाममा प्रयाप्त मात्रामा नुन भएपनि समयमा ढुवानी हुन नसक्दा नुन अभाव भएको हो । सरकारले २०७६ जेठ १५ गते प्रस्तुत गरेको बजेटमा अनिवार्य भ्याटमा जानुपर्ने उल्लेख गरेपछि नुन ढुवानीमा समस्या आएको साल्ट टे«डिङ कर्पोरेसनका महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।

उनले नुन ढुवानी गर्ने हरेक ट्रक भ्याटमा दर्ता हुनुपर्ने वाध्यता भएपछि ढुवानीका लागि पटक पटक गरिदै आएको टेण्डर प्रकृया समेत प्रभावित भैरहेको बताए ।

साल्ट टे«डिङ कर्पोरेसन अञ्चल कार्यालय धनगढीले भदौ ६ गते तेस्रो पटक नुन ढुवानीका लागि टेण्डर आह्वान गरेको छ । यसअघि पहिलो पटक २०७६ जेठ २० गते आह्वान गरेको टेण्डर प्रकृयामा कुनैपनि व्यवशायीले भाग लिएनन् । त्यस्तै दोस्रो पटक २०७६ साउन १० गते आह्वान गरेको टेण्डर महंगो भएको भन्दै व्यवशायीहरुले रद्द गर्न लगाएको सूचना अधिकारी तेजबहादुर कुँवरले जानकारी दिए ।

साल्ट टे«डिङले सुदूरपश्चिमका यी पाँच जिल्लामा रहेका शाखा कार्यालय र डिपो मार्फत नुन बिक्री गर्दै आएको छ । साल्ट टे«डिङको महेन्द्रनगरमा शाखा कार्यालय र टीकापुर, दिपायल, डडेल्धुरा, पाटन र बेलौरीमा डिपो रहेका छन ।

साल्ट टे«डिङले ती स्थानसम्म नुन ढुवानीका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ । जसमा दिपायलसम्म २६० रुपैयाँ, डडेल्धुरासम्म १७० रुपैयाँ, पाटनसम्म २६० रुपैयाँ, महेन्द्रनगरसम्म ७० रुपैयाँ, बेलौरीसम्म ७० रुपैयाँ र टीकापुरसम्म ८५ रुपैयाँ प्रति क्विन्टल रहेको छ ।

यसअघि साल्ट टे«डिङले नुन ढुवानी गरेवाफत भ्याट बिल अनिवार्य गरेको थिएन । सरकारले भ्याटमा अनिवार्य जानुपर्ने व्यवस्था गरेपछि कार्यालयले चालु आवबाट ढुवानी गर्ने ट्रक लगायतबाट भ्याट बिल लिनुपर्ने वाध्यता भएको सूचना अधिकारी कुँवरले बताए । उनले भ्याट बिल नदिएसम्म नुन ढुवानी गरेवाफतको रकम भुक्तानी गर्न नमिल्ने व्यवस्था भएको बताए । ‘एउटा ट्रक भएपनि भ्याटमा जानुपर्ने भयो’ उनले भने–‘भ्याट बिल बिना कारोवार गर्नै मिल्दैन भनिएको छ ।’

कार्यालयका अनुसार चालु आवमा एउटा बोरा नुन समेत ढुवानी हुन सकेको छैन । अहिलेसम्म धनगढी नजिकका ब्यापारीहरुले आफै ढुवानी भाडा तिरेर नुन किनिरहेको सूचना अधिकारी कुँवरले बताए ।

उनका अनुसार ब्यापारीले आफै ढुवानी गरेको नुन केही हदसम्म महंगोमा बेचेको हुनसक्ने बताए । टीकापुरको ब्यापारीले ९२५ रुपैयाँमा किनेको एक क्विन्टल नुन १ हजारमा बेच्ने गरेका छन । जसमा ८५ रुपैयाँ ढुवानी भाडा जोडिएको छ ।

उनले साउन महिनामा टीकापुर डिपो मार्फत ४ हजार बोरा नुन बिक्री भएको बताए । उनका अनुसार सो नुन हाइवे क्षेत्रका ब्यापारीले खरिद गरेका छन । टीकापुर डिपो मार्फत वर्षेनी ४० हजार बोरा नुन बिक्री हुन्छ ।

आव २०७५/०७६ मा सुदूरपश्चिममा २ लाख १३ हजार क्विन्टल नुन बिक्री भएको छ । धनगढीस्थित गोदाममा सुदूरपश्चिममा नौ महिना पुग्ने नुन मौज्दात रहेको महाप्रबन्धक पाण्डेले बताए । उनले नुन अभावका बारेमा माथिल्लो तहमा बारम्बार पत्राचार भैरहेको बताए ।

सुदूरपश्चिमका अन्य चार जिल्लामा भने सरकारले अनुदानको नुन पु¥याईरहेको छ । अछाम, बझाङ, बाजुरा र दार्चुलाका बासिन्दाले भने अनुदानको भानु नुन प्रयोग गर्ने गरेका छन । जुन नुन सरकारले आफ्नै खर्चमा टेण्डर मार्फत ढुवानी गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update