Hamro Patra
मेयर उपमेयरका छुट्टाछुट्टै योजना

टीकापुर, २४ असार

टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद योजना भागबण्डामा टुङ्गिएको छ । दुईजना बीचको विवादले उग्ररुप लिएपछि तेह्रौं नगरसभा समेत प्रभावित बनेको थियो । २०८० जेठ ८ गते सुरु भएको नगर सभा विवादका कारण एकदिन स्थगित भएको थियो ।

दुई करोड ४८ लाख बराबरका ३८ योजना भागबण्डामा सहमति जुटेपछि जेठ ९ गते नगरसभा सम्पन्न भएको थियो । भागबण्डामा रकम र योजनाका हिसाबले मेयर भन्दा उपमेयर हावी देखिएका छन ।

Khadga Memorial And Janajagriti

मेयरले १ करोड २० लाखका ७ योजनामा चित्त बुझाएका छन भने उपमेयरले ३१ योजना बनाएका छन । जुन योजनाका लागि १ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मेयरले ठूलो रकमका योजना अघि सारेका छन । जसमध्ये वडा नं. १ मा ४५ लाख रुपैयाँको कभर्ड हल उल्लेख छ । त्यस्तै वडा नं. १ देखी ९ सम्म आधुनिक खेती प्रवद्र्धनमा ३० लाख, नगर प्रमुख नवप्रवद्र्धन कार्यक्रम तथा विविध कार्यक्रममा २० लाख, सिकलसेल एनिमियाको निदान तथा उपचारमा १० लाख बजेट छुट्याईएको छ ।

उपमेयरले भने धेरैजसो टुक्रे योजनालाई समेटेका छन । उनले १० लाखमा एक कालोपत्रे सडक र १० लाखमा सबै वडामा ग्राभेल गर्ने योजना अघि सारेका छन । उनका अन्य योजनाहरु २/३ लाखसम्मका पनि छन ।

नगरपालिकाको लेटरप्याडमा अनुसूची-५ अन्र्तगत केन्द्रको पूँजिगत तथा चालु अन्र्तगतका कार्यक्रमहरु भन्दै नगर प्रमुख र नगर उपप्रमुखका योजना भनेर छुट्याईएको छ ।

मेयर र उपमेयरले योजना भागबण्डा गरेको कुरालाई स्थानीयले विरोध गरिरहेका छन । उनीहरुले अनुसूची-५ अन्र्तगतका योजनाहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै विरोध जनाएका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले सार्वजनिक भएको कागजात आधिकारिक नभएको बताए । उनले कसैले नक्कली कागजात बनाएर बदनाम गर्न खोजेको जिकिर गरे । ॅयो कागजातमा कुनै सत्यता छैन’ उनले भने-ॅखै कसरी सार्वजनिक भयो थाहा छैन ।’

उनले यो कागजात मेयर र उपमेयरकाबीच सहमति हुँदाको आधार भने हुनसक्ने बताए । उनले यी मध्येका केही योजना आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी रातो किताबमा समेटिएको बताए । 'यी सबै योजना हुबहु परेका छैनन्’ उनले भने- 'केही योजना भने यिनै मध्येका हुन ।’

उनले मेयर र उपमेयरकाबीच योजना भागबण्डाको अधिकार नगरसभाले दिएको बताए । उनले वडागत रुपमा आएका योजना बाहेक मेयर र उपमेयरले समेत आफ्ना ढंगले योजना राखेको बताए । उनका अनुसार जसको कुल बजेट २ करोड मात्रै रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले सार्वजनिक भएको कागजातमा सत्यता नभएको बताए पनि स्रोतका अनुसार यी योजना नगरसभामै जस्ताको त्यस्तै प्रस्तुत भएका थिए । वडाध्यक्षहरुले मेयर र उपमेयरका छुट्टाछुट्टै योजना समावेश हुँदा राम्रो सन्देश नजाने भन्दै नगरसभामै विरोध गरेका थिए ।

नगर प्रवक्ता बलिराम चौधरीले मेयर र उपमेयरका छुट्टाछुट्टै योजना नगरसभामा प्रस्तुत भएको बताए । उनले आफूहरुले नै विरोध गरेपछि ती योजना एकमुष्ठ रुपमा प्रस्तुत गर्ने गरी सहमति जुटेको जानकारी दिए ।

नगरपालिकामा मेयर र उपमेयरकाबीच विगत एक वर्षदेखी विवाद छ । कतिपय मुद्दामा उनीहरुबीचको विवाद नागरिकले महशुस हुने गरी व्यक्त हुने गरेको छ । मेयर र उपमेयरबीचको विवादले नगरपालिकाको काम कारवाही प्रभावित हुने गरेको जनगुनासो छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update