Hamro Patra
जब सबै वक्ताले टीकापुर अस्पतालबारे चिन्ता गरे......

टीकापुर, असार १३

कैलालीको टीकापुरमा बुधवार टीकापुर नगरपालिकाद्धारा आयोजित एक कार्यक्रम सबै वक्ताले टीकापुर अस्पतालबारे चिन्ता व्यक्त गरेका छन् । जिल्लाको दोश्रो पूणर् खोप सुनिश्चितता एवं दीगोपना घोषणा कार्यक्रमका सबै वक्ताले टीकापुर अस्पताल बारे चिन्ता व्यक्त गरेका हुन् ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थिए, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद । आर्थिक वर्ष २०८०/०८१ का प्रदेश सरकारले ल्याएको बजेटमा टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने विषय उल्लेख नभएपछि टीकापुर क्षेत्रबासी आक्रोशित छन् ।

CMA Staff

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सम्बन्धित मन्त्रालयका मन्त्री अर्थात् सामाजिक विकास मन्त्री साउँद उपस्थित भएपछि कार्यक्रमका सबै वक्ताले प्रदेश सरकारको आलोचना गरे ।

टीकापुर नगरपालिका उपप्रमुख खड्कबहादुर शाहले स्वागत मन्तव्यमै मन्त्री साउँदले टीकापुर अस्पतालका लागि विशेष बजेट ल्याउने अपेक्षा गरेको स्मरण गर्दै विगतमा झैं राज्यबाट ठगिएको टीकापुर प्रदेश सरकारबाट समेत ओझेल पारिएको आक्रोश पोखे ।

‘दैनिक ६/७ शय विरामी उपचार पाउने टीकापुर अस्पताललाई उपेक्षा गरेको महशुस गरेका छौं’ उपप्रमुख शाहले भने ‘राज्यको सौतेलो व्यवहार खेप्दै आएको टीकापुरलाई प्रदेशले समेत सौतेलो व्यवहार गर्यो, आगामी दिनमा यसमा पुनर्विचार गरिनुपर्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि रहेका कैलाली क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट टीकापुरका लागि विभेदपूणर् रहेको भन्दै आक्रोश पोखे ।

‘प्रदेशले ल्याएको बजेट पूणर्रुपमा टीकापुरप्रति पूर्वाग्रहीपूणर् छ, यही अवस्थामा हामी बजेट पारित गर्न दिने छैनौं । टीकापुर अस्पताललाई आवश्यक बजेटसहित प्रादेशिक अस्पताल घोषणा नगरिए हामी मान्न तयार छैनौं ।’

चौधरीले विरामीको चाप, अस्पतालको भौतिक पूर्वाधार लगायत सबै मापदण्ड पूरा भए पनि प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा टीकापुर अस्पताललाई विभेद गरिएको दाबी गरे ।

‘जहाँ दुई कठ्ठा जमिन छैन, राम्रो भवन बनेकै छैन, त्यहाँ प्रादेशिक अस्पताल घोषणा गरियो’ चौधरीले आक्रोश पोखे ‘सुदूरपश्चिमका सबै अस्पतालको जग्गा जोड्दा पनि नपुग्ने झण्डै १२ बिघा जति जग्गा भएको, भौतिक भवन संरचना भएको, विरामीको चाप अत्यन्तै धेरै भएको टीकापुर अस्पताललाई गरिने विभेद हामीलाई स्वीकार्य छैन ।’

कार्यक्रममा बोल्दै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले सुदूरपश्चिममै ५१ शैयाको टीकापुर अस्पताल मात्रै भएको दाबी गर्दै प्रादेशिक अस्पताल घोषणामा विभेद गरिएको बताए ।

‘कैलालीको आधा भाग, बर्दिया, सुर्खेत र डोटीका समेत जनताले सेवा लिँदै आएको टीकापुर अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गर्नुको साटो नियमित बजेट समेत कटौती गरियो’ अध्यक्ष सोडारीले भने ‘कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीज्यूप्रति हामी सबैले फेरि पनि आशा गरेका छौं, अस्पताल यस क्षेत्रबासीका लागि मुख्य मुद्दा हो ।’

राजनीतिक दलका तर्फबाट कार्यक्रममा बोलेका समाजवादी पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र साउँदले अस्पतालको बजेट कटौतिको विषयमा सम्बोधन गर्न मन्त्री साउँदलाई दबाव दिए ।

कार्यक्रमका प्रायः सबै वक्ताले टीकापुर अस्पताल स्तरोन्नति हुनुपर्ने माग गरेपछि प्रमुख अतिथिको आशनमा रहेको सामाजिक विकास मन्त्री साउँदले टीकापुर अस्पतालको स्तरोन्नति र बजेटको सुनिश्चितता गर्ने जिम्मेवारी आफ्नो भएको बताए ।

‘टीकापुरसँग मेरो आफ्नै साइनो छ, अस्पतालको समस्याका बारेमा म जानकार नै छु’ मन्त्री साउँदले भने ‘टीकापुर अस्पताललाई १०१ शैयामा स्तरोन्नति गर्दै यसका लागि आवश्यक पर्ने बजेट मिलाउने जिम्मा मेरो भयो । तपाईहरु ढुक्क हुनुस् ।’

कार्यक्रममा बोल्दै सुदूरपश्चिमका जनताका आवश्यकताहरु धेरै भएको तर बजेटको सीमाका कारण सबै आवश्यकता पूरा गर्न नसकेको उनले बताए ।

टीकापुर बन्यो जिल्लाको दोश्रो पूणर् खोप सुनिश्चितता पालिका

कैलालीको टीकापुर नगरपालिका जिल्लाको दोश्रो पूणर् खोप सुनिश्चितता पालिका घोषणा भएको छ । आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले कैलालीको दोश्रो पूणर् खोप सुनिश्चितता पालिका एवं दीगोपना घोषणा गरेका हुन् ।

नगर क्षेत्रभित्र रहेका १५ वर्ष मुनिका सबै बालबालिकालाई पूणर् रुपमा खोप लगाएर पालिकालाई पूणर् खोप सुनिश्चितता एवं दीगोपना घोषणा गरिएको हो । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका खोप फोकल पर्सन धर्मसिंह बटालाले नगरका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार लगाइएको बताए ।

‘हामीले नगरभित्रका १५ वर्षमुनिका ४ हजार ६६७ बालबालिकालाई सबै खोप लगाएका छौं, सबै वडाहरु पूणर् खोप घोषणा गरिएका छन्’ बटालाले भने ‘कैलालीमा पूणर् खोप घोषणा गर्ने हामी दोश्रो पालिका बनेका छौं ।’

पूणर् खोप सुनिश्चितता पालिका एवं दीगोपना घोषणा कार्यक्रममा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, समाजसेवी वीरेन्द्र साउँद, स्वास्थ्यकर्मी केबल सार्की, महिला स्वास्थ्य स्वयम् सेविका सुला रावल, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह, नगर प्रमुख रामलाल डगौरा थारु लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update