Hamro Patra
कैलालीमा अवैध माछा बरामद

टीकापुर, असार ११

कैलालीको दक्षिणीवर्ती भजनी नगरपालिकाबाट भन्सार छलीका अवैध माछा बरामद गरिएको छ ।

CMA Staff

भजनी नगरपालिका वडा नं. ३ सरदार चोकमा भारतबाट भन्सार छलीका झण्डै ८० किलो माछा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार बरामद गरिएका माछाको मुल्य झण्डै २४ हजार हुन आउँछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी जनकपुरबाट खटेको प्रहरी टोलीले बेवारिसे अवस्थामा माछा फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update