Hamro Patra
नगर सभामै स्थानीयको आक्रमण, उपाध्यक्षसहित वडाध्यक्ष

टीकापुर, असार ११

२०७४ मा स्थानीय तहको निर्वाचन भएदेखि ६ वर्षसम्म गाउँपालिका केन्द्र तोक्न नसकेको कैलालीको पहाडी मोहन्याल गाउँपालिकाको गाउँ सभामै स्थानीय आक्रमण गरेका छन् ।

आइतवार राति १० बजे सकिएको गाउँपालिकाको १२ औं नगर सभाले हाल वडा नं. ४ खिमडीमा रहेको पालिका केन्द्र वडा नं. १ भकुण्डेटारमा सार्न बहुमतबाट निणर्य गरेपछि स्थानीयले गाउँ सभामै आक्रमण गरेका हुन् ।

Khadga Memorial And Janajagriti

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउँद, वडा नं. ५ का अध्यक्ष प्रवीण घर्ती, वडा नं. ७ का अध्यक्ष नवराज कठायत लगायत गाउँ सभा सदस्यहरु घाइते भएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको छ । गाउँसभामा पुगेका वडा नं. ७ का स्थानीय जगत कठायतले १० बजे राति गाउँसभा सकिएपछि प्रहरी चौकी खिमडीमै स्थानीयले ढुंगामुडा प्रहार गरेका थिए ।

‘प्रहरी चौकी खिमडीमै गाउँ सभा सञ्चालन भएको थियो, पालिका केन्द्र भकुण्डेटारमा सार्ने बहुमतले निणर्य गरेपछि आक्रोशित स्थानीयले छानी छानी आक्रमण गरे’ कठायतले भने ‘आक्रमणमा घाइते हुने सबैजना नेपाली काँग्रेसबाट निर्वाचित हुन्, खिमडीबाट केन्द्र सार्न उपाध्यक्ष साउँदले पहल गर्दै आएका थिए, त्यसैले यो नियोजित आक्रमण हो ।’

कठायतका अनुसार राति पटक पटक गरी आक्रमण हुन थालेपछि पालिकाका कर्मचारी र जनप्रतिनिधिको भागभाग भएको थियो । ‘भागभाग भएका कर्मचारी र जनप्रतिनिधिलाई जम्मा गर्दा आज विहान १ बजेपछि हामी जंगलको बाटो भएर फर्किरहेका छौं’ कठायतले भने ‘घाइतेहरुको अवस्थाबारे अझै एकिन भएको छैन ।’

गाउँपालिका उपाध्यक्ष कलम साउँदले संक्षिप्त कुरा गर्दै पालिका केन्द्र सार्ने निणर्य भएपछि योजनाबद्ध रुपमा आक्रमण भएको बताए ।

‘मलगायत जनप्रतिनिधिहरु घाइते भएका छौं, टाउको र खुट्टामा चोट लागेको छ’ उपाध्यक्ष साउँदले भने ‘गाउँ सभामा बहुमत सदस्यबाट पालिका केन्द्र सार्ने निणर्य पारित भएपछि हामीमाथि आक्रमण भएको हो । सभाको निणर्य भएलगत्तै सभा सञ्चालन भइरहेकै ठाउँमा हाम्रा साथीहरुमाथि छानी छानी आक्रमण भएको छ ।’

यसअघि समेत गाउँपालिका केन्द्र सार्ने विषयमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय र उपाध्यक्ष साउँदबिच विवाद हुँदै आएको थियो ।
साविकका मोहन्याल, पण्ड़ौन र सुगरखाल गरी तीन गाविसहरु मिलेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ ।

गाउँपालिकाको पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला तथा दक्षिणमा गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका छन् । अधिकांश ठाउँमा यातायातको पहुँच छैन ।

२०७४ को निर्वाचन अघि पालिका केन्द्र तोकिएको खिमडी डोटी जिल्लाको ठुलीगाडसँग जोडिएको छ । वर्षायाममा केन्द्रसम्म जाने बाटो अवरुद्ध हुन्छ । हालको पालिका केन्द्रसम्म हिँडेर जाँदा ३/४ दिन लाग्छ । पालिका केन्द्र पायक पर्ने ठाउँमा नभएपछि २०७४ देखि नै केन्द्र सार्ने प्रयास नभएको होइन् । पटक-पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुख्खड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गरिएको थियो ।

यस अघि पालिकाले केन्द्र पायक नभएपछि गाउँ पालिकाका उपाध्यक्ष साउँदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update