सेनिटाइजर सेवन गर्दा दुई जनाको निधन
बर्दिया, असार ९
बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ टिसियन फाँटमा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।
साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बोहराले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्