सुदुरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंह दुर्घटनामा
टीकापुर, असार ५
बझाङमा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो ।
प्रत्यक्षदर्शीका अनुसार गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् ।
खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका वडा नं. १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १४:०६
प्रतिक्रिया दिनुहोस्