मतदाताको एसएमएसमा रञ्जिता श्रेष्ठको रिप्लाई
टीकापुर, असार ४
सत्ती भन्सारमा क्वारेन्टाइनको माग गर्दै एसएमएस गर्ने मतदाताहरुलाई कैलाली क्षेत्र नं. १ की साँसद रञ्जिता श्रेष्ठले जवाफ फर्काएकी छन । नेपाल सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री समेत रहेकी श्रेष्ठले जवाफमा क्वारेन्टाइन स्थापनामा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन ।
उनले एसएमएस गरेका हरेक व्यक्तिलाई यस्तो प्रतिवद्धता सहितको म्यासेज फिर्ता पठाएको बताइन्छ । धेरै व्यक्तिले मन्त्रीले म्यासेज फिर्ता पठाएको प्रतिक्रिया दिएका छन ।
उनले अमुल्य मतको कदर गर्दै मतदाताले चिन्ता गरेको विषयवस्तुलाई नजरअन्दाज कदापी नगर्ने बताएकी छन । मतदाताले अरु ६ जना साँसदहरुलाई समेत भन्सारमा क्वारेन्टाइन स्थापना कहिले हुन्छ भन्दै एसएमएस गरिरहेका छन ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १८:०६
प्रतिक्रिया दिनुहोस्