कैलालीमा किसान र सशस्त्र प्रहरीबीच झडप
टीकापुर, असार ४
कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ । भारतीय सीमाबर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो ।
बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।
नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको वडाध्यक्ष चौधरीले बताए ।
स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएका बताए ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्