Hamro Patra
भन्सार छलीका सामान बरामद

टीकापुर, असार २

कैलालीको दक्षिणी सीमावर्ती भजनी क्षेत्रबाट भन्सार छलीका २ लाख बढीका सामानसहित मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

CMA Staff

भजनी नगरपालिका वडा नं. ५ हलुवाघाट जंगलमा भारतबाट भन्सार छली गरि ल्याएका जुता, चप्पल, प्लाष्टिक पाइपसहित झण्डै १ लाख ६१ हजार ५० मुल्य बराबरको सामान बरामद गरिएको हो ।

आज इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । सामानसहित से.४ प.१४१२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता, कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ चटकपुरको पछाडी गल्लीमा भन्सार छलीगरी ल्याएका ५७ हजार ६ सय बराबरको एसी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update