Hamro Patra
पत्रकार रावलले असहायलाई सहयोग गरेर मनाए जन्मदिन

टीकापुर, भदौ ७
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन ।

नागरिक दैनिकका संवाददाता समेत रहेका उनले टीकापुर नगरपालिका–२ राजीपुरस्थित ‘मेरी आमा’ मा रहेका बालबालिकालाई शनिवार खाद्यान्न सहयोग गरेका छन । उनले तीन बोरा चामल, दाल र तेल सहयोग गरेका छन ।

Khadga Memorial And Janajagriti

‘मेरी आमा’ मा अभिभावक नभएका ८ जना बालबालिका बस्दै आएका छन । उनीहरु मध्ये ४ बालक र ४ बालिका रहेका छन । ती बालबालिकाहरुलाई दिव्या प्रयासीले सहारा दिएर पालनपोषण गर्दै आएकी छन ।

उनीहरु कालिका आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका छन । ‘मेरी आमा’ की सञ्चालिका रहेकी प्रयासीले बालबालिकाको पालनपोषणमा निकै समस्या भैरहेको बताएकी छन ।

पत्रकार रावल हरेक वर्ष आफ्नो जन्मदिन असहायलाई सहयोग गरेर मनाउँछन । उनले यस अघिका जन्मदिन बर्दगोरीया गाउँपालिकास्थित सहारा घर र लम्की चुहा नगरपालिका बल्चौरमा रहेका बालबालिकाहरुलाई सहयोग गरेर मनाएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update