Hamro Patra
पशु स्वास्थ्य शिविर सम्पन्न

टीकापुर, २२ चैत
रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फले टीकापुर नगरपालिका वडा नं. ६ भगवानपुरमा आज पशुहरुमा प्रजनन रोग तथा बाँझोपन निवारण सम्बन्धी एक दिने शिविर सम्पन्न गरेको छ ।


शिविरमा १ हजार १२ पशुचौपायाको स्वास्थ्य परिक्षण गरिनुका साथै उपचार समेत गरिएको छ । सुदूरपश्चिम विश्व विद्यालय कृषितर्फका उपप्राध्यापक डा. बसन्त आचार्य, पशु स्वास्थ्यकर्मीहरु श्यामराज पाण्डेय, रामबहादुर सार्की, सन्तोष मल्लिक र दीपक बुढाथोकीले पशुचौपायाको स्वास्थ्य परिक्षण गरेका थिए ।

Khadga Memorial And Janajagriti


सो स्वास्थ्य शिविरमा पशुचौपायाको स्वास्थ्य परिक्षण गरिनुका साथै ६५ हजार बराबरको औषधी समेत निशुल्क वितरण गरिएको कार्यालयका पशु प्राविधिक पुष्पराज भारतीले जानकारी दिए ।


रानी जमरा कुलरीया मूल कुला समितिका अध्यक्ष कुमारराज शाहीको अध्यक्षतामा सम्पन्न भएको शिविरका उद्घाटन समारोहको प्रमुख अतिथि टीकापुर नगरपालिका ६ नं. वडाका वडाध्यक्ष बलिराम चौधरी रहेका थिए ।
सिँचाई आयोजनाले यसवर्षदेखी कमाण्ड क्षेत्रका पशुचौपायाका क्षेत्रमा समेत काम सुरु गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update