Hamro Patra
नगर प्रमुखकै वडाको सडक विवादितः दुई वर्षमा दुई पटक मर्मत

टीकापुर, जेठ ३०

कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सोनाहाफाँटा स्कुलदेखि डल्फिन क्षेत्र जाने सडक निर्माण भएको दुई वर्ष नपुग्दै दुई पटक मर्मत हुने भएको छ ।

Khadga Memorial And Janajagriti

आशिष कन्स्ट्रक्सन एण्ड कन्सर्नले २०७८ असारमा २२ लाख ४४ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको सडक चार महिनामै भत्कियो । २६२ मिटरको उक्त सडक गुणस्तरीय नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा मुद्दा दायर भयो । अख्तियारको टोलीले सडकको परीक्षण नै गरेपछि उक्त निर्माण कम्पनीले २०७९ असारमा सडक पुनः निर्माण गर्यो ।

निर्माण कम्पनीले २०७९ असोजमा धरौटी वाफत्को रकम फिर्ता लियो । धरौटी फिर्ता दिएको वर्ष दिन समेत नपुग्दै टीकापुर नगरपालिकाका एक प्राविधिकले उक्त सडक मर्मत गर्ने नगरपालिकालाई समेत गुमराहमा राखेर भकाभक खनेपछि यतिबेला विवाद चर्किएको छ । स्थानीयहरु सडक निर्माणमा चरम लापरवाही भएका कारण निर्माण भएको दुई वर्षमै दुई पटक मर्मत गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

https://youtu.be/K740ikysdj0

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update