Hamro Patra
कैलालीको पूर्वी भेगमा डेँगु फैलिदै

टीकापुर, भदौ ५
कैलालीको पूर्वी भेगमा एक सातामा दुईजनामा डेँगु भेटिएको छ । टीकापुर अस्पतालमा उपचारका लागि आएका दुई महिलाको रगत परिक्षणका क्रममा डेँगु भेटिएको बताईएको छ ।

डेँगु देखिएकामा एकजना जानकी गाउँपालिका–८ वन्देवीपुर र अर्की लम्की चुहा नगरपालिका चाँगाबाडीकी महिला हुन । उनीहरु दुवैजनाको नाम गोप्य राखिएको छ ।

Khadga Memorial And Janajagriti

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक पदमसिँह परियारले ५५ वर्षीया एक महिलामा डेँगु देखिएको जानकारी दिए ।

उनका अनुसार टीकापुर अस्पतालमा उपचारका क्रममा भर्ना भएकी ती महिलामा डेँगु फेला परेको हो । उनको अहिले नेपालगञ्जमा उपचार भैरहेको छ । उनी लामो समय ज्वरो आएपछि उपचारका लागि अस्पताल गएकी थिईन । उनी गत दुई महिना अघि भारतबाट फर्किएकी बताईएको छ ।

ती महिलामा डेँगुको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोलीले उनको घरपरिवारका सदस्य लगायत आसपासका अन्य बासिन्दाको समेत स्वास्थ्य जाँच गरेको थियो । ती महिला बाहेक अरुमा डेँगुको संक्रमण नदेखिएको स्वास्थ्य संयोजक परियारले बताए ।

उनले सो ठाउँमा डेँगु सार्ने लामखुट्टेको बासस्थान रहेको पाईएको बताए । डेँगु सार्ने लामखुट्टेको बासस्थान भेटिएपछि स्वास्थ्यकर्मीको टोलीले लार्भा नष्ट गर्ने अभियान थालेको छ ।

गत वर्ष टीकापुर अस्पतालमा मात्रै करिव ९ जनामा डेँगुको संक्रमण देखिएको थियो । खासगरी भारतबाट फर्किएकाहरुमा डेँगुको संक्रमण देखिने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update