Hamro Patra
प्राकृतिक श्रोत व्यवस्थापन कलेज टीकापुर प्रिन्सिपलमा जोशी

टीकापुर, जेठ २४

प्राकृतिक श्रोत व्यवस्थापन कलेज टीकापुरको प्रिन्सिपलमा पंकजप्रसाद जोशी आएका छन् । कृषि वन विज्ञान विश्वविद्यालय कृषि संकाय अन्तर्गत सञ्चालित कलेजको प्रिन्सिपलमा बुधवारदेखि जोशी आएका हुन् ।

CMA Staff

लामो समयदेखि रिक्त रहेको कलेजको प्रिन्सिपलमा जोशी आएका हुन् । जोशीलाई एक कार्यक्रमका बिच कलेजले स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै प्रिन्सिपल जोशीले कलेजको सर्वाङ्गिण विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । ‘विभिन्न स्टेकहोल्डरहरुसँग सहकार्यको अभाव देखेको छु, प्रयोगात्मक अभ्यासको समस्या छ’ प्रिन्सिपल जोशीले भने ‘क्याम्पसका रहेको पोखेरीको उचित व्यवस्थापन, किसानको बारीमै अध्ययन अभ्यास, लर्निङ एण्ड अर्निङ कार्यक्रम लागु गर्नु मेरो पहिलो प्राथमिकता हो ।’

कलेजको अवस्थालाई हरेर आगामी दिनमा भैंसी तथा गाई फार्म, पोल्ट्री, माछा पोखरीहरुको व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्ने जोशीले बताए ।

कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कलेजको शैक्षिक, भौतिक र प्रयोगात्मक विकासका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताए । ‘हामी आगामी दिनमा संस्थासँग सहकार्य गर्नेछौं’ उपप्रमुख शाहले भने ‘त्यसका लागि यसका सम्बन्धित निकायसँग सहकार्य, समन्वय, समझदारी हुन आवश्यक छ ।’

जोशी यसअघि कलेजको सहप्राध्यापकका रुपमा ४ वर्ष काम गरी केन्द्रिय क्याम्पस सरुवा भएका थिए ।

स्वागत कार्यक्रममा विद्यार्थी किरण सापकोटा, जानकी पाण्डे, कलेजका लेखा प्रमुख कलम पञ्जियार, कृषि संकाय रामपुरका सूर्यमणी ढुंगाना, मिलन घिमिरे लगायतले बोलेको थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update