Hamro Patra
लागुऔषध न्यूनिकरणका लागि परिवार जिम्मेवार बन्नुपर्ने

टीकापुर, जेठ २१

लागुऔषध दुव्र्यसनी न्यूनिकरणका लागि घर परिवार नै मुख्य जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

CMA Staff

टीकापुर नगरपालिका र सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र, कञ्चनपुरको आयोजनामा नगरपालिका सम्पन्न भएको सुर्तीजन्य पदार्थ, मध्यपान सेवन तथा लागुपदार्थको न्यूनिकरण सम्बन्धी सञ्चार अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

‘घर परिवारले ध्यान नदिँदा विद्यालय उमेरबाटै बालबालिका कुलतमा फस्ने गरेका छन्’ ब्रह्मकुमारी विश्वविद्यालय टीकापुरकी सञ्चालित सीता दिदीले भनिन् ‘पहिलो जिम्मेवार घर परिवार हुनुपर्छ भने त्यसपछि समाज, प्रहरी प्रशासन र स्थानीय सरकारको दायित्व पनि त्यत्तिकै छ ।’

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले लागुऔषध न्यूनिकरणका लागि भएका कानुनी व्यवस्था पर्याप्त भएको बताउँदै कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताए ।

‘हाम्रा कानुनहरुको कमी छैन, छ्यापछ्याप्ती रुपमा खुलेका पुनःसर््थापना केन्द्रहरु मापदण्ड विना नै सञ्चालन भइरहेका छन्’ अध्यक्ष सोडारीले भने ‘कानुनको नियमनकारी निकायले प्रभावकारी भूमिका खेलेका खण्डमा न्युनिकरण गर्न सकिन्छ ।’

टीकापुर नागरिक समाजका संयोजक भीमराम चपाईले लागुऔषध न्यूनिकरणमा घर परिवार, अभिभावक जिम्मेवार बन्नुपर्ने बताए ।

टीकापुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक एवं वडा नं. ४ का अध्यक्ष लालवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लागुऔषधको नियमनकारी निकायमा कानुनी अवस्थाबारे सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र, कञ्चनपुरका प्रमुख हेमराज खड्काले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update