टीकापुर, जेठ २०
कैलालीको टीकापुरस्थित टीकापुर उद्योग वाणिज्य संघले गत माघमा सञ्चालित टीकापुर महोत्सव २०७९ को आयव्यय सार्वजनिक गरेको छ । संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संघले महोत्सवको आयव्यय आज सार्वजनिक गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले ९२ लाख २१ हजार ३ शय २५ रुपैयाँ को आयव्यय सार्वजनिक गरेका हुन् ।
महोत्सवमा साधारण टिकट बिक्रीबाट ४८ लाख ६ हजार ९०, सिजनल टिकटबाट ३ लाख ८६ हजार १ शय, रमाइलो मेलाबाट ६ लाख बराबर आय भएको कार्यवाहक अध्यक्षले जानकारी दिए ।
त्यस्तै स्टल बिक्रीबाट ९ लाख २१ हजार ८ शय ५०, ब्यानरबाट ३ लाख ५४ हजार ६ शय ९९, टाइटल प्रायोजक ४ लाख, परिसर २ लाख ६४ हजार ५ शय, विभिन्न आयोजक ५ लाख ४९ हजार ३ शय ३९, सहप्रायोजकबाट ३ लाख १४ हजार ५ शय आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै खर्चतर्फ महोत्सवमा आएका कलाकारको पारिश्रमिकमा १५ लाख ८८ हजार १ शय ६७ रुपैयाँ, टेण्ट साउण्डमा ९ लाख ३३ हजार, मसलन्द छपाईमा ५ लाख ६८ हजार ५ शय ९६, अतिथि भोजन ५ लाख २७ हजार ७ शय १७, यातायात ५ लाख २४ हजार ५ शय २२, सुरक्षा खर्च ४ लाख ६२ हजार ७ शय २९ रुपैयाँ खर्च भएको छ ।
सार्वजनिक गरिएको आयव्यय विवरण अनुसार ८ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ भने भुक्तानी दिन १ लाख ७१ हजार १ शय २२ रुपैयाँ रहेको छ । त्यस्तै ५८ हजार ७ शय २१ रुपैयाँ पेश्की रहेको छ ।
संघले महोत्सवबाट १६ लाख ५९ हजार ९ शय १४ रुपैयाँ बचत गरी सिद्धार्थ बैंकमा जम्मा गरेको छ ।