कर्णालीमा डुबेर एक युवकको ज्यान गयो
टीकापुर, जेठ ६
कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ स्थित कर्णाली नदीको दौलतपुर घाटमा डुबेर एक युवकको ज्यान गएको छ । वडा नं. ५ प्रेमनगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले साढे २ बजेतिर नुहाउने क्रममा डुबेका उनको शव दौतलपुर घाट छेउमा फेला पारिएको बताए ।
गर्मी छल्न नुहाउने क्रममा नदीमा गएको उनको ज्यान गएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्