चट्याङ लागेर तीन जना घाइते
टीकापुर, बैशाख ३१
दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । व्यास गाउँपालिका वडा नं. २ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् ।
शनिवार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका वडा नं. २ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका वडा नं. १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।
दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १२:०५
प्रतिक्रिया दिनुहोस्