Hamro Patra
ऋण मिनाहा र किरिया खर्च प्रदान

टीकापुर, साउन २४
जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय दुर्गोलीले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च, ऋण तथा ब्याज मिनाहा गरेको छ ।

गत असार २५ गतेका दिन लम्की चुहा नगरपालिका–२ मोतिपुरका रसिना नाथ योगीको हृदयघातका कारण कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो ।

Khadga Memorial And Janajagriti

मृत्तक योगीले शाखा कार्यालय दुर्गोलीबाट एक लाख सत्तरी हजार रुपैया ऋण स्वरुप लिएका थिए ।

वित्तिय संस्थाले ऋण मध्ये एक लाख बाउन्न हजार पांच सय बयानब्बे रुपैयाँ मिनाहा गरेको छ । यसका साथै तीन हजार रुपैया किरिया खर्च र बाकी रकम १४ हजार ९३० मृतक योगीकी छोरी प्रेरणा योगीलाई लम्की चुहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष विष्णु ढकालले हस्तान्तरण गरेका छन ।

वित्तिय संस्थाले आफनो ग्राहक संरक्षण कोष २०७५ बमोजिम उक्त रकम मिनाहा गरेको हो ।

सो अवसरमा समाजसेवी गोमा तिमिल्सिना, लक्ष्मी बस्याल, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय दुर्गोलीका कनिष्ठ सहायक रामफल चौधरी, कनिष्ठ सहायक गंगा ढुङगाना प्र.स. निर्मल रैका लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय दुर्गोलीका शाखा प्रमुख नरेश बहादुर भूलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update