Hamro Patra
एमसीसी परियोजना अनुदान होः राजदुत थम्पसन

टीकापुर, बैशाख २२

नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले एमसीसी परियोजना पूणर् रुपमा अनुदानमा आधारित कार्यक्रम रहेको बताए । सुदूरपश्चिमको भ्रमणमा रहेका राजदुत थम्पसनले धनगढीमा आयोजित पत्रकार सम्मेनलमा बोल्दै सो कुरा बताएका हुन् ।

‘अमेरिका र नेपालको लगानीमा ७ शय मिलियन डलरको आयोजना हो, यसमा कुनै पनि शर्त छैनन्, यो पूणर् रुपमा अनुदान हो’ राजदुत थम्पसनले भने ‘एमसीसी कार्यान्वयनमा आए नेपालको विद्युत प्रशारण लाइन निर्माण भएर विद्युत निर्यातमा सहयोग पुग्नेछ, सडक निर्माणमा सहयोग पुग्नेछ । १० हजार बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।’

CMA Staff

एमसीसीको औपचारिक रुपमा यसवर्ष शुरु हुने बताउँदै उनले यसले नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने विश्वास लिएको बताए ।

‘नेपालको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ’ उनले भने ‘जनता लाभान्वित भएको हेर्न चाहन्छु, न्यून आय भएको मुलुकबाट मध्यम आयतर्फको बाटोमा लम्किएको नेपालले अझै अझै लामो बाटो तय गर्नुछ ।’

७५ वर्षदेखि नेपाल र अमेरिकाका सम्बन्ध रही आएको बताउँदै उनले शिक्षा, स्वास्थ्य, पोषण, कृषि र जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको बताए ।

‘सुदूरपश्चिम भ्रमणले मानव बेचबिखन, वन्यजन्तु संरक्षण र वैदेशिक रोजगारी र फर्केकाहरुले काम गर्दा आउने कठिनाईका बारेमा जानकारी लिन पाइयो’ उनले भने ‘नेपालमा थुप्रै चुनौतिहरु छन्, तैपनि नेपालले सामना गरिरहेको छ, हाम्रो सहयोगप्रति सन्तुष्ट छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले आफू पत्रकारिताको प्रशंसक भएको बताउँदै प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने बताए ।

‘लोकतन्त्रको रक्षा र जनतालाई सुसुचित गर्ने कुरामा नेपालको पत्रकारिताले महत्वपूणर् भूमिका खेलेको छ’ उनले भने ‘आगामी दिनमा समेत पत्रकारिताले त्यस्तै भूमिका निर्वाह गर्नेछ ।’

अमेरिकी राजदुत थम्पसन दुई दिनदेखि धनगढीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update