Hamro Patra
यार्सागुम्बा खोज्न गएका दुईको मृत्यु

टीकापुर, बैशाख २०

बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ । मंगलवार सुर्मा गाउँपालिका - ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो ।

CMA Staff

उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनको मृत्युको खबर प्राप्त भएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वरप्रसाद भण्डारीले बताए ।

यसअघि सोमबार पनि सुर्मा गाउँपालिकाकै -५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो ।

मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमपहिरोमा परेर वेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update