Hamro Patra
विद्यालयको स्तरोन्नतीको लागि आर्थिक संकलन

अछाम, साउन २३
अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा रहेको ऐश्वर्य माविलाई कक्षा १२ सम्म सञ्चालनका लागि स्थानीयले आर्थिक संकलन थालेका छन । विद्यालयको स्तरोन्नतीको लागि पूर्वविद्यार्थी र समाजसेवीहरुले आर्थिक संकलन थालेका हुन ।

धनञ्जय रिमालले ५००५, अनिल शाहले १००५, डम्बरबहादुर शाहले ५०००, नृपबहादुर कडायतले २०००, चक्रपाणी ओझाले ११५१५, देवानन्द रिमालले २१००५, दीपक थापाले ११००५, शम्भु कडायतले २००० आर्थिक सहयोग गरेका छन ।

Khadga Memorial And Janajagriti

हालसम्म १० लाख रुपैयाँ संकलन भएको पूर्वविद्यार्थी धनञ्जय रिमालले जानकारी दिए । उनले आर्थिक संकलन जारीरहेको बताए ।

वि.सं. २०१९ सालमा स्थापना भएको विद्यालय हाल कक्षा १० सम्म सञ्चालनमा रहेको छ । सरकारले मावि तहको विद्यालयले कक्षा १२ सम्म पठनपाठन गर्नुपर्ने वा कक्षा ८ सम्म झार्नुपर्ने प्रावधान ल्याएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update