Hamro Patra
विप्लवका दुई नेता पक्राउ

प्रकाश कुमार

टीकापुर, साउन १८

Khadga Memorial And Janajagriti

कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’का दुई नेता पक्राउ परेका छन् ।

शनिबार दिउँसो टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुरबाट जानकी गाउँपालिका इन्चार्ज राम विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ । 

उता, विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार राति चौमाला क्षेत्रबाट विप्लव समूहका एरिया इञ्चार्ज नन्दबहादुर बमलाई पक्राउ गरेको थियो ।

विप्लव कार्यकर्ता पक्राउ परेको नेकपाले जनाए पनि प्रहरीले भने यो समाचार तयार पारुञ्जेलसम्म पुष्टि गरेको छैन ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update